रसुवागढी नाका हुँदै चीन तस्करी हुन लागेको २० हजार डलरसहित एक जना पक्राउ

नेपाल-चीन मुख्य व्यापारिक नाका रसुवागढीबाट चीनतर्फ तस्करी हुन लागेको अमेरिकी मुद्रासहित एक जना पक्राउ परेका छन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित रसुवागढी नाका हुँदै चीनतर्फ जाँदै गरेका नुर्पु तामाङलाई चेकजाँच गर्दा उनको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको हो ।

मंगलबार बिहान ११ बजे सशस्त्र प्रहरी बलको टिमुरेस्थित बीओपीबाट इन्स्पेक्टरको कमाण्डमा ७ जना साथै नेपाल प्रहरी र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय, टिमुरेमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर