प्रहरी हुँ भन्दै रकम माग गरेको आरोपमा एक जना पक्राउ

प्रहरी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१६, बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले उनलाई आइतबार साेही वडास्थित लामाचौरबाट पक्राउ गरेको हो ।

उनले ह्वाट्सएप तथा टेलिग्रामद्वारा सम्पर्क गरी विभिन्न व्यक्तिहरूसँग ‘म जिल्ला प्रहरी कार्यालय, कास्कीको सूचना अधिकारी हुँ, तपाईंहरूको केही काम छ भने भन्नुहोस्, गरिदिन्छु’ भन्दै रकम माग गरेको आरोप छ ।

उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर