सिमलताल दुर्घटना : घटनास्थलदेखि केराबारीसम्म दोहोर्‍याएर खोजी गरिँदै

सिमलताल दुर्घटनामा बेपत्ता भएका बस र यात्रु खोज्न घटनास्थलदेखि केराबारीसम्म आज दोहोर्‍याएर खोजी गरिँदै छ । उक्त क्षेत्रमा केहि शंकास्पद वस्तु भएको हुन सक्ने अनुमान भएकाले दोहोर्‍याएर खोजी गर्न लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार भारतको नेशनल डिजास्टर रेस्क्यु फोर्स (एनडीआरएफ)सहितको संयुक्त टोलीले बिहान साढे ८ बजेदेखि उक्त क्षेत्रमा खोज तथा उद्धारको काम गर्दै छ । एनडीआरएफ, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले गोलाघाटसम्मै खोज तथा उद्धारको काम गरिरहेको छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । दुर्घटना भएको आज ११ दिन भइसक्दा पनि दुवै बस भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । सिमलताल दुर्घटनामा फेला परेको भन्ने एउटा शब सो दुर्घटनाको नभएको पुष्टि भएको छ । हालसम्म २४ वटा शब मात्र फेला परेको भने १९ जनाको मात्रै सनाखत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *