महिला एसिया कप क्रिकेट : आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ।

सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब छ ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ । यूएई २ खेलमा पराजित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर