एआईजीमा रामदत्त जोशी बढुवा सिफारिस

सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय बसेको बढुवा समितिको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो ।

डीआईजी जोशी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर