विधायन व्यवस्थापन समितिमा सांसद श्रेष्ठ मनोनीत

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाएका थिए ।

आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशशिक सरोकार समयमा सांसदहरूले उठाएका विषयको राष्ट्रियसभा नियमावली, २०७५ मा तोकिएको समयावधिभित्र सभामा आई पूर्वनिर्धारित तालिकाअनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष दाहालले भने, ‘जवाफका लागि यसअघि तयार गरिएको कार्यतालिका सम्बन्धित मन्त्रालयमा पुनःपत्राचारमार्फत उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर