सहकारी प्रकरणबारे स्थानीय तहसँग संसदीय छानबिन विशेष समितिको छलफल

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सम्बन्धमा स्थानीय तहसँग छलफल गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलासँग पनि छलफल गरिएको सहकारी संस्था बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए ।

उनले समितिले बैठकमा मन्त्रालयका सचिव निरौला, सहसचिव सुमन दाहाल, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र महासचिव नरूलाल चौधरी, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डे र महासचिव खिम थापामगर, नगरपालिका महासंघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, गाउँपालिका महासंघका अधिकारी प्रतिज्ञा न्यौपाने र सल्लाहकार लेखनाथ पोखरेलसहितलाई बोलाएर छलफल गरिएको बताए ।

उनले देशभरका सहकारीको बारेमा जानकारी पाउनका लागि ७५३ वटै स्थानीय तह र ७ प्रदेशकै क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीका बारेमा विवरण संकलनमार्फत पनि जानकारी लिने प्रक्रिया अघि बढाएको पनि बताए ।

उनले सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति सहकारीको सामान्य मूल्यमान्यताका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारी, उत्पादन सहकारी, विषयगत सहकारीलाई जोड गर्न सुझाव दिएको पनि बताए । उनले कानुनबमोजिम सहकारी हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन र व्यवस्थापन गर्न तयार रहेको बताए ।

उनले स्थानीय तहसँगको छलफल महत्त्वपूर्ण र फलदायी रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर