कर्णाली सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरूले दिए राजीनामा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिदै सरकार छोडेका हुन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्ग रावतले राजीनामा दिएका छन् ।

एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमतिअनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षीमा पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर