सुनको मूल्य बढ्दा चाँदीको घट्यो

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार छ सय रूपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९० रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर