लुम्बिनीमा एमालेले फेर्‍याे मुख्यमन्त्री उम्मेदवार

नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार परिवर्तन गरेको छ ।

यसअघि संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री उम्मेदवार बन्ने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको हो ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले आचार्यलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्न लागिएको बताए ।

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका आचार्य जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । आचार्य लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा शहरी विकासमन्त्री थिए ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर