चितवनको फिस्लिङमा पहिरो, यातायात सेवा अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान लेदो माटोसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम भइरहेको र स्थिति सहज भए सडक खुलाउन अझै दुई घण्टा लाग्ने छ ।

पहिरोले सडक अवरुद्ध भएपछि थुप्रै सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *