महिला एसिया कप : नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि १०९ रनको लक्ष्य दिएको छ ।

रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनायो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । त्यस्तै पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो ।

२३ बलको सामना गरेकी जोशीले नटआउट ३१ रनको योगदान दिइन् । यता ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् ।

कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।

पाकिस्तानका लागि सादिया इकबालले दुई तथा फातिमा सानाले एक विकेट लिए । प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्। आज नै भएको समूह एको खेलमा भारतले युएईलाई ७३ रनले पराजित गरेका छ ।

समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर