प्रधानमन्त्री ओलीले पाए विश्वासको मत : पक्षमा १८८, विपक्षमा ७४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित बहुमत सांसदले विश्वासको मतका लागि ओलीले पेस गरेको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

प्रस्तावकाे पक्षमा १८८, विपक्षमा ७४ र मत दिन्न भन्नेमा १ मत पर्‍यो । संसदमा आइतबार २६३ जना उपस्थित थिए ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् ।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न १३८ सांसदको समर्थन पाउनुपर्छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर