संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक : अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।

उनले अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको पनि बताए । उनले संविधान घोषणा भएको समयमा मेचीदेखी महाकालीसम्म जनताले कालो दिवस मनाएको भन्दै जनतामाथि गोली बर्साएर, जनता मारेर घोषणा गरिएको संविधान पूर्ण नरहेको बताए ।

‘संविधान संशोधनको सवाल अति महत्त्वपूर्ण सवाल हो । यो संविधान घोषणा भएको समयमा मेचीदेखी महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए,’ अध्यक्ष यादवले भने, ‘जनतामाथि गोली बर्साएर, जनता मारेर घाषणा गरिएको संविधान हो । संविधानसभामा ३ सय भन्दा बढी संशोधन प्रस्तुत भएका थिए, छलफल नगरीकन घोषणा गरियो । यो संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक छ ।’

उनले शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरूका विषयमा संविधान संशोधनको आवश्यकता रहेको बताए ।

अध्यक्ष यादवले संविधान संशोधन सार्थक रूपले अघि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर