१९५ मतसहित सरकार चलाउने छन् प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावमाथि सांसदहरूले आफ्नो धारणा राखेका छन् । अहिले प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।

प्रधानमन्त्री ओलीले सहजै विश्वासको मत पाउने देखिएको छ । अहिलेसम्म उनको पक्षमा १९५ सांसद देखिएका छन् । मत विभाजन प्रक्रियामा गएर परिणाम घोषणापछि यसको अन्तिम टुंगो लाग्ने छ ।

ओलीले पाउने मत
कांग्रेस – ८८
एमाले – ७९
जसपा – ७
जनमत – ६
जसपा, नेपाल – ५
लोसपा – ४
नागरिक उन्मुक्ति – ४
स्वतन्त्र – २

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर