संविधान पूर्ण छैन, सबै मिलेर संशोधन गरौं : सांसद महतो

जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्र महतोले संविधान पूर्ण नरहेकाले संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।

उनले संविधान पूर्ण नरहेकाले संशोधन गरेर जानुपर्ने बताए । उनले अहिले संविधान संशोधनको बेला आएको भन्दै सबै राजनीतिक दल मिलेर जनतालाई माथि राखेर संशोधन गरेर जानुपर्ने बताए ।

उनले संविधानमा उल्लेख भएको मौलिक अधिकार अझै पूरा नगर्नुले जनतामा निराशा छाएको बताए ।

‘यो संविधान बनाउने बेलादेखि नै विरोध गरिरहेका छौं । यो संविधान पूर्ण रूपमा आएको छैन, यसलाई संशोधन गर्नुपर्छ भन्ने मुद्दा त राखेका नै छौं,’ सांसद महतोले भने, ‘अहिले मौका आएको छ, सबै मिलौं, पार्टीभन्दा माथि उठेर जनतालाई संविधानमा संशोधन गरेर अघि बढौं ।’

सांसद महतोले ठूला विकासका कुरा पछि गरेर जनतालाई चाहिने न्यूनतम आवश्यकता पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर