ओलीलाई माओवादी केन्द्रको प्रश्न : गिरिबन्धु टी इस्टेट प्रकरणमा के गर्नुहुन्छ ?

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेटविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत मागने क्रममा दिएको अभिव्यक्ति जनतालाई भ्रम पर्ने गरी आएको उनको भनाइ छ ।

उनले गिरिबन्धु टी इस्टेटलगायतका भ्रष्टाचारका फाइल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले खोल्ने बित्तिकै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाउँदै त्यस विषयमा के हुन्छ भनी सरकारलाई प्रश्न गरे ।

उपमहासचिव पुनले गिरिबन्धु टी इस्टेटलगायतका भ्रष्टाचारका काण्ड लुकाउन कांग्रेस र एमालेले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरूले चाहेको बताए ।

‘आज भ्रष्टाचारको कुरा उठने बित्तिकै, कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका विभिन्न फाइल खोल्ने बित्तिकै नक्कली भुटानी शरणार्थीदेखि गिरिबन्धु टी इस्टेटसम्मका कुराहरू उठ्दै गर्दा यहाँ नेपाली कांग्रेसका मानननीय महामन्त्रीजीहरूले ती एजेण्डा छोड्दैनौं भनिराख्नु भएको छ,’ पुनले भने, ‘त्यसमा निश्चय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न हुन्छ । हिजो त यही हाउसमा अपोजिशनमा हुँदा गिरिबन्धु टी इस्टेट, गिरिबन्धु टी इस्टेट भनियो । के हुन्छ यसमा ? यसमा हामीले जवाफको अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर