राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले हुन् : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि पेस गरेको प्रस्तावको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने जानकारी गराउँदै लिङ्देनले यस्तो बताएका हुन् ।

उनले गणितले मात्रै काम नगर्ने भन्दै कम्युनिष्ट पार्टी एक्लैले करिब दुई तिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताए । उनले कांग्रेसले पटकपटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताए ।

उनले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए ।

अहिले मुलुकमा स्थिरता नहुनु, समावेशी, समानुपातिकमा साना दलहरू होइनन् । दुई दलहरूको क्रियाकलाप मुख्य हुन्,’ लिङ्देनले भने, ‘साना दलहरूलाई आवश्यक परेको बेला फुटाउनुहुन्छ । साना लोभ देखाएर सँगै बसाउनुहुन्छ । चलखेल तपाईंहरू गर्नुहुन्छ । गणितले मात्रै काम गर्ने भएको भए कम्युनिष्ट पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याएको होइन ? किन पाँच वर्ष सरकार चलेन ?’

उनले न्यायलयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर