प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएर पैदलयात्रीको मृत्यु

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार यही साउन ४ गते वडा नं २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले महिलालाई ठक्कर दिएका थिए । उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *