लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा (एमाले) ले दाबी पेस गर्ने तयारी गरेको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश भालाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने सहमति भएको छ ।
महराले राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर