सुरू भएका काम सक्ने सरकारको मुख्य प्राथमिकता हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरू गरिएका कामहरू सक्ने कुरा प्राथमिकतामा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले अहिले सधैं काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्था अन्त्य गरिने बताए । उनले विकासका मामिलामा देखिएको अनुशासनहीनताको अन्त्य गर्ने बताए ।

उनले सरकार काम भइरहको छ भन्न नभई थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताए । प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताए ।

उनले मन्त्रालयगत कार्यप्रगतिको मूल्यांकन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताए । उनले तोकिएको लागत, समय, परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानुनअनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताए ।

उनले परियोजनाहरूको लागत वृद्धि हुन नदिने बताए । उनले आयोजना ठेक्काको दुरूपयोग गर्नेबाट हानिनोक्सानी असुलउपर गरिने बताए । प्रधानमन्त्री ओलीले आवश्यक ऐन संशोधनसहित नीतिगत सुधार गर्ने बताए ।

उनले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूका समस्या तत्काल समाधान गर्ने बताए ।

प्रधानमन्त्री ओलीले अन्य देशहरूले व्यापार गर्ने र नेपालले किन्ने मात्रै भइरहेकाले उत्पादन वृद्धि गरी व्यापार गर्ने सरकारको प्राथमिकता रहेको बताए । उनले व्यवसायीमैत्री वातावरण बनाउने बताए । उनले अर्थ मन्त्रालयको समन्वयमा उद्योग तथा वाणिज्य मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर