निराशा चिरेर जनतामा आशा जगाउन सरकार लागेकाे छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा आशा जगाउन सरकार लागिपरेको बताए ।

‘जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने ।

विकास निर्माणको काममा रहेको बेथिति अन्त्य गर्दै, आर्थिक रूपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षाअनुसार कानुनमा सुधार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले देशभर बाढी-पहिरोलगायत विपद्को चपेटामा परेकालाई उद्धार तथा राहत उपलब्ध गराउने उल्लेख गर्दै विपद्का घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर