लुम्बिनीको मुख्यमन्त्री बन्दै एमाले नेता लीला गिरी

नेकपा (एमाले) का नेता लीला गिरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री बनाउन एमाले र नेपाली कांग्रेसको गठबन्धन सहमत भएको हो ।

नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै गिरीलाई मुख्यमन्त्री बन्ने अवसर मिलेको हो ।

दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि गिरीलाई नियुक्तिका लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने उनले बताए ।

आइतबार दिउँसो १ बजेलाई आह्वान गरिएको प्रदेशसभा बैठक अझैसम्म सुरू भएको छैन । प्रदेशसभा सचिवालयले अब केही समयपछि बैठक सुरू हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर