बहादुरसिंह लामालाई बागमतीको मुख्यमन्त्रीमा दाबी गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामालाई दाबी गर्ने निर्णय गरेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।

आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका एक प्रदेश सांसदले जानकारी दिए ।

लामाले एमालेसमेतको समर्थनमा आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् । मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले पनि इच्छा देखाएका थिए ।

संविधानको धारा १६८ (२) अनुुसार दलको नेताबाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्थाअनुसार बानियाँले आकांक्षा राखेका थिए ।

हालका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिने भएका छन् । उनले आज प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने भएका हुन् ।

यसअघि संसद फेस गर्ने निर्णयअनुसार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए । तर, आइतबार नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलको बैठकमा सांसदहरू राजीनामा दिन सुझाव दिएपछि उनी आफ्नो निर्णयबाट ब्याक भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर