बंगलादेशबाट फर्किए थप १७ नेपाली विद्यार्थी

बंगलादेशबाट थप १७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरू स्वदेश आएका हुन् ।

भारत सरकारको सहयोगमा उद्धार गरिएर दिल्ली हुँदै काठमाडौं ल्याइएका नेपाली विद्यार्थीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना परिवारसँगको भेटपछि भावुक भएका थिए ।

यसबीच आठ सय बढी नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।

आरक्षणको विरोधमा आन्दोलन चर्कँदै गएपछि त्यहाँ अध्ययनरत विद्यार्थीका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्काइदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको बताएका थिए ।

बंगलादेशमा सरकारी सेवा प्रवेशमा स्वतन्त्रताका लागि लडेका सन्तानका लागि छुट्याइएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । सो आन्दोलनका क्रममा हालसम्म १२३ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा करिब तीन हजार नेपाली विद्यार्थी रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर