प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाले लगायो ‘ह्वीप’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन आफ्ना पार्टीका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक परियारले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदै छन् । नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पनि विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर