
कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरू सुधार गर्नुपर्छ : महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरू सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार ४२ औं बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरी पहिचान गर्नु र क्षमता खोज्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन, आफैंभित्र खोज्नुपर्छ । हामीसँगै छ त्यो, हामीभित्रै छ ।’
उनले कांग्रेसभित्र पठन संस्कृति छ भन्ने कुरा पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए । उनले पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए ।
उनले कांग्रेसले गर्ने बहस आम नागरिकलाई सूचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने बताए ।
महामन्त्री थापाले कांग्रेसलाई स्रोत केन्द्रको आवश्यकता रहेको पनि बताए ।
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
- आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक : परराष्ट्रमन्त्री
- सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण ऐन संशोधन गर्यौँ : बलराम अधिकारी
प्रतिक्रिया