प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओली [LIVE]

प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची छ ।

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तीमा १३८ सांसदको समर्थन पाउनुपर्छ । एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गरिसकेको छ ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न कांग्रेसका ८८ र एमालेका ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा रहेका कारण ती दलहरूबाट पनि प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नेछन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ८८, एमालेका ७९, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी) का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १-१ जना र दुई जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर