कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार ४२ औं बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसीहरूले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै कांग्रेसीहरूले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘एउटा भन्ने चलन छ कांग्रेसले पढ्दै पढ्दैन भनेर । अब लाइब्रेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई ।’

उनले विश्वेश्वरप्रसाद कोइराला राजनीतिदेखि साहित्यलगायतका हरेक कुरामा सक्षम र उनको योगदान अविष्मरणीय रहेको बताए । उनले कोइराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रका लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको स्मरण गरे ।

सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर