जैविक मल उत्पादन गर्न भैँसीपालन

झापाको बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अङ्कुरण एग्रोले जैविक मल उत्पादन गर्न भैँसीपालनको तयारी गरेको छ ।

जिल्लामा जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्नुका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ ।

मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताए ।

सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *