नदिमा डुबेर दुई जना बेपत्ता

कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापानी कर्णाली पुलबाट परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषले हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले नदीमा बेपत्ता भएका पुरुषको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै कैलाली, जिल्लाको मोहन्याल गाउँपालिका ४ बस्ने २५ वर्षीया कल्पना बम समेत बेपत्ता भएका छन् ।

माइतीघरबाट फर्कने क्रममा सुपली खोला तर्ने क्रममा उक्त खोलाले बगाई ठूलीगार्डमा बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर