बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । गत असार २४ गते बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन ।

२०७९ साल पुसमा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा जम्कट्टेल बागमतीको मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर