अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम, नगद ८० हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(१६ बोहोराटर बस्ने २८ वर्षीय विजय बोहोरा, बुढानिलकण्ठ नगरपालिका(६ बस्ने ३६ वर्षीय अनिल तामाङ, ३९ वर्षीया मुस्कान तामाङ र काठमाडौं महानगरपालिका(१५ बस्ने ३७ वर्षीय हरि बहादुर बस्कोटा रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बिजयको साथबाट करिब ५ सय मिलिग्राम उक्त पदार्थ, अनिल तथा मुस्कानको कोठाबाट २ ग्राम ५ सय मिलिग्राम तथा नगद २० हजार रूपैयाँ र हरिबहादुरको कोठाबाट १० ग्राम उक्त पदार्थ, नगद ६० हजार रूपैयाँ र डिजिटल तराजु बरामद गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका(३ निमकोठिया बस्ने २४ वर्षीय जगमोहन रैदासलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका(१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका(७ इँटाभट्टा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित मेचिनगर नगरपालिका(७ बस्ने २९ वर्षीय अमर रिमाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका(५ राजपैडा टोल बस्ने ३५ वर्षीय किरन कुमार विश्वकर्मालाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका २० भज्याङ छेउस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित ईटहरी उपमहानगरपालिका(१० बस्ने ४० वर्षीय राम कुमार चौधरी समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले को.२७ प ४८४७ नम्बर, को।१८ प ४६४० नम्बर, प्रदेश नं. १-०२-००६ प ६५० नम्बरका ३ वटा मोटरसाइकल र बागमती प्रदेश-०१-०२६ च ५०१९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया