संस्कृति नीति बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्छु : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति नीति बनाउने घोषणा गरेका छन् । नेपाल मगर विद्यार्थी संघले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले सो नीति बनाउने कुरामा अब ढिलाई गर्न नहुने पनि बताए । नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्नका लागि पनि आफूले सो नीति बनाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाई थियो ।

मन्त्री पाण्डेले आफूले पर्यटन क्षेत्रको विकासका लागि पदभार ग्रहण गरेकै दिन पर्यटन नीतिमा संशोधन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो पर्यटन नीति अलि पुरानो भयो । पर्यटन नीति २०६५ सालमा जारी भएको थियो । तर देशमा कोभिडलगायतका अप्ठयाराहरु पर्यटन क्षेत्रले झेल्नुप(यो । त्यसैले पर्यटन नीतिमा समसामियक परिवर्तन गर्नुप(यो । त्यसकारण पर्यटन नीति परिवर्तनका लागि, यसको परिमार्जनका लागि, संशोधनका लागि मैले पहिलो निर्णय गरेको थिए । मलाई निकै महत्वपूर्ण सुझाव प्राप्त भएको छ । वास्तवमा यदि मन्त्रालयले अहिलेसम्म संस्कृति नीति बनाउनेमा कुनै कसरत र काम गरेको छैन भने म यो बचनबद्धता दिलाउन चाहन्छु । संस्कृति नीति बनाउने कुरामा अब हामीले ढिलो गर्नु हुन्न । नीति बन्यो भने हामीले त्यो अनुसारको कानून बनाउँछौं । नीति बन्यो भने मात्रै हामीले त्यो अनुसार कार्यक्रम र योजना बनाउँछौ । नीतिविना हामी कुहिरोको काग जस्तै हुन्छौं । त्यसैले नेपालको संस्कृति नीतिलाई नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्नका निम्ति पहिलो काम संस्कृति नीति बनाउने हो । संस्कृति नीति बनाउने सन्दर्भमा मैले सम्पूर्ण हिसावले प्रयत्न गर्ने कुराको विश्वास पनि म यहाँहरुलाई दिलाउन चाहन्छु ।’

त्यस अवसरमा मन्त्री पाण्डेले विविधतायुक्त भाषा, कला, संस्कृति, गीत, संगीतनै नेपालको सम्पती भएको उल्लेख गर्दैै त्यसको जर्गेना गर्ने कुरामा पनि सरकार कटिवद्ध भएर लाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर