कांग्रेस संसदीय दलको मुख्य सचेतकमा श्याम घिमिरे

सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको मुख्य सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले घिमिरेलाई शनिबार मुख्य सचिव मनोनीत गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

यसअघिका प्रमुख सचेतक रमेश लेखक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री छन् ।

उनी गत असार ३१ गते गृहमन्त्री बनेपछि सो पद रिक्त थियो । रिक्त पदमा दलको विधान धारा १३ को उपधारा (१) बमोजिम घिमिरेलाई देउवाले मनोनीत गरेको जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घिमिरे सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर