कांग्रेस र एमालेले माओवादीलाई घुस खान सिकाए : घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नेकपा (माओवादी केन्द्र) लाई घुस खान सिकाएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजाले बाहिरबाट घुस लिन सिकेको हुन सक्ने भन्दै राजाबाट कांग्रेस-एमालेले घुस खान सिकेको बताए । कांग्रेस र एमाले दुवै राजनीतिक दलहरू मिलेर माओवादीलाई घुस खान सिकाएको उनको भनाइ छ।

उनले नसिक्नुपर्ने कुरा बढी सिक्दा मुलुकले अहिले दुःख पाइरहेको बताए । उनले राजनीतिक दलहरूले जनताको बहुदलीय जनवाद भनेर राज्य दोहनको काम गरिरहेको बताए ।

‘हामीले घुस खान कसरी सिक्यौं भन्दा राजाले कसरी सिके त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान्,’ नेता भुसालले भने, ‘कांग्रेसले राजाबाट सिक्यो संस्थागत रूपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर कांग्रेसबाट सिक्यौं । उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौं । कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौं ।’

उनले माओवादी केन्द्रले २०६२/०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भए पनि नसकेको बताए ।

हेर्नुस् भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर