पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न वीर अस्पताल पुगे उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरूण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुगेका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य लाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका लागि सुझाव लिन निवासमै आउने समेत बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर