कांग्रेस संसदीय दलको बैठक आह्वान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक आह्वान गरेका छन् ।

बैठक आइतबार मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ ।

सत्ता घटकको मुख्य दल कांग्रेसले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर