महिला एसिया कप : पाकिस्तानमाथि भारतको सानदार जित

महिला एसिया कप अन्तर्गत समूह ए को खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य भारतले ३५ बल अगावै मात्र ३ विकेटको क्षतिमा परा गर्‍यो ।

भारतका लागि ओपनरद्वयले शानदार ब्याटिङ गर्दै जीतको आधार तय गरे । स्मृति मन्धानाले ३१ बलमा ४५ रन बनाइन् भने सेफाली वर्माले २९ बलमा ४० रनको योगदान दिइन् । दायालन हेमालथाले ११ बलमा १४ रन जोडिन् । पाकिस्तानका लागि सयेदा अरुब शाहले २ तथा नशरा सान्धुले १ विकेट लिइन् ।

यसअघि पाकिस्तानले १९।२ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । पाकस्तानका लागि सिदरा अमिनले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यसतै, तुबा हसन र फातिमा सानाले २२–२२ रन जोडे । भारतका लागि दिप्ती शर्माले ३ तथा रेनुका सिंह, पूजा भस्त्राकर र श्रेयंका पाटिलले २–२ विकेट हात पारिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर