सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा साढे पाँच करोड रकम ट्रान्सफर

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानविन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरुसँग छलफल गरेको छ । शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरूसँग छलफल गरेको छ ।

छलफलमा बागमती प्रदेशका सहकारी विभाग रजिष्ट्रार राजेन्द्रप्रसाद पोखरेल र कानुन अधिकृत मनोजकुमार गुप्ता, वीरगञ्ज महानगरपालिकाबाट सत्यराज घिमिरे र सुनिल कर्ण, लुम्बिनी प्रदेशबाट दर्ता अधिकृत भीमराज पोखरेल, पोखरा महानगरपालिकाबाट दीपक आचार्य र रजिष्ट्रार अनिल कार्की तथा काठमाडौं महानगरपालिकाबाट विभागिय प्रमुख बलराम त्रिपाठी र विज्ञ टीका कार्कीको उपस्थिति रहेको सभापति सूर्य थापाले जानकारी दिए ।

छलफल सूर्यदर्शन, सानो पाइला, सुप्रिम, इमेज, साहारा, समानतालगायतका सहकारी संस्थाहरूमा केन्द्रित भएको उनले बताए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेश स्तरमा सहकारी संस्थाहरूको अवस्था कस्तो छ भन्ने विषयमा छलफल भएको बताए । बैठकमा सूर्यदर्शन सहकारीका सम्बन्धमा पोखरा महानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका बारेमा जानकारी लिएको बताए । त्यस्तै सुप्रिम सहकारीको बारेमा पनि जानकारी लिएको उनको भनाइ छ ।

त्यसैगरी काठमाडौं महानगरपालिकाले ४० वटा सहकारी संस्थाको अनुगमन गरी तयार पारेको प्रतिवेदन र देखापरेको प्रवृत्तिको बारेमा पनि बैठकमा छलफल भएको सभापति थापाले जानकारी दिए ।

उनले हालसम्म गोरखा मिडिया नेटवर्कमा गएको रकम एउटा ४ करोड ८८ लाख हजार २ सय ७१ रूपैयाँ ७६ पैसा तथा २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सिधै २० लाख र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको बताए । सबै गरी करिब साढे ५ करोड रूपैयाँ सूर्यदर्शन सहकारीबाट गएको देखिएको उनले बताए ।

जीबी राई, भूपेन्द्र राई, थानेश्वर बुढा, शिवबहादुर गुरूङ, कुमार रम्तेलको नाममा र उनीहरूमार्फत हेमन्त अधिकारी र स्वर्णलक्ष्मी सहकारीको नाममा गएको थापाले बताए ।

उनले एउटा सहकारीको चेक अर्को सहकारीको नाममा ट्रान्सफर भएको पनि उदाहरण रहेको बताए । कुन चेक नम्बरबाट कुन मितिमा कसरी सहकारीको रकम पुगेको छ भन्ने पनि तथ्य प्राप्त भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर