विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा विपद्जन्य क्षति बढी भयो : सांसद शेर्पा

राष्ट्रियसभामा नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउन नसकिएको बताए । उनले देशले अहिले बाढी, पहिरोलगायतका विपद्जन्य घटना व्यहोरिरहेको बताए ।

सांसद शेर्पाले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । उनले पूर्वसूचना प्रणालीलाई विश्वासिलो बनाउन जरूरी रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर