निर्माणका लागि असार कुर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ : सांसद अर्याल

राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताएकी छन् ।

शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्ने कुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताइन् ।

उनले पुथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ भन्दै प्रश्न गरिन् । उनले पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि दुर्घटना निम्तिएको बताइन् ।

‘यो वर्ष मात्रै करिब ११५ जनाले यस राजमार्गमा ज्यान गुमाइसकेका छन् । हालसम्मको खर्च र सरकारी बजेटको कुरै नगरौं,’ सांसद अर्यालले भनिन्, ‘कहिलेसम्म राष्ट्रका सबैभन्दा महत्त्वपूर्ण राजमार्ग सुरक्षित र सकुशल तरिकाले बन्ने हो ? लगभग पाँच दशकको कसरतपछि पनि यस राजमार्गको १५० किलोमिटरभन्दा कम सडक खण्ड अझै सही तरिकाले बनेको छैन ।’

उनले राजमार्गको सकुशल र सुरक्षित यात्राका लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाई बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने बताइन् ।

उनले महत्त्वपूर्ण निर्माण कार्यहरू सरकार आफैंले सम्पन्न गर्नुपर्ने बताइन् । नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको उनले बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर