विश्वव्यापी आईटी समस्याले हवाई, बैंकिङ र सञ्चार क्षेत्रहरू प्रभावित

विश्वभरका प्रमुख बैंक, सञ्चार माध्यम र एयरलाइन्सहरूले आईटी सेवाहरूमा ठूलो मात्रामा अवरोध भएको गुनासो गरेका छन्, जसले उनीहरूको सेवालाई असर गरेको छ ।

आईटी सेवाहरूमा देखिएको अवरोधको कारण स्पष्ट भएको छैन । तर, यसबाट प्रभावित कैयौं प्रतिष्ठानहरूले यसका लागि माइक्रोसफ्ट पीसी अपरेटिङ सिस्टममा आएको गडबडीलाई दोष दिएका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा माइक्रोसफ्ट ३६५ को आधिकारिक ह्यान्डलबाट जारी सूचनामा भनिएको छ, ‘हामी माइक्रोसफ्ट ३६५ को विभिन्न एप्स र सेवा प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई भइरहेको समस्याको अनुसन्धान गरिरहेका छौं ।’

यद्यपि, माइक्रोसफ्टका प्रवक्ताले भने केही घण्टाअघि अवरूद्ध भएका अधिकांश आईटी सेवाहरू पुनः सञ्चालनमा ल्याइसकिएको बताएका छन् ।

अष्ट्रेलिया यस आईटी संकटबाट विशेष रूपमा प्रभावित भएको छ । देशको गृह मन्त्रालयका प्रवक्ताले यो आईटी संकट साइबर सुरक्षा फर्मसँग सम्बन्धित रहेको बताएका छन् । तर, अष्ट्रेलियाको साइबर सुरक्षा अनुगमन गर्ने सरकारी निकायले त्यहाँ कुनै साइबर आक्रमणको सम्भावना नरहेको बताएको छ ।

कम्प्युटर प्रणालीमा ठूलो समस्याले यातायात, प्रसारण, अस्पताल र विश्वभरका अन्य क्षेत्रहरूका सेवा अवरूद्ध गरेको छ ।

विश्वभर धेरै उडानहरू रद्द गरिएका छन् र धेरै उडानहरूको उडान समय बढाइएको छ ।

अमेरिकन एयरलाइन्सले समस्याको कारण साइबर सुरक्षा फर्म क्राउडस्ट्राइक रहेको बताएको छ । अमेरिकी राज्य अलास्काले आफ्नो आपतकालीन सेवा सञ्जाल पनि प्रभावित भएको जनाएको छ ।

भारतका विमानस्थलको सेवा पनि प्रभावित भएको छ । दिल्ली एयरपोर्टको ह्वाइटबोर्डमा फ्लाइट गेटहरू बारे जानकारी हातले लेखिएको छ ।

पेरिस ओलम्पिकको आईटी प्रणाली पनि प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर