एसीसी महिला एशिया कप : यूएईविरूद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरूद्धको खेलमा टस जितेको छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’ मा भएको खेलमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिला फिल्डिङको गर्ने निर्णय लिएकी छिन् । नेपालको एशिया कपमा यो तेस्रो सहभागिता हो ।

यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो । खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।

नेपाली टोलीमा कप्तान वर्मासहित रूविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) र पूजा महतो छन् । टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।

हालसम्म नेपाल र यूएईबीच चार खेलमा नेपालले दुई र यूएईले एक जित निकालेका छन् । एक खेल भने नतिजाविहीन बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर