त्रिशूलीमा हामफाले ट्रक सहचालक

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक जना ट्रक सहचालक त्रिशूली नदीमा हामफालेका छन् ।

शुक्रबार बिहान करिब ८ बजे मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जन त्रिशूलीमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन् । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर