महिला एसिया कप : आज नेपाल र युएई भिड्दै

श्रीलंकामा आजदेखि एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदैछ । आज नेपालले समूह चरणको पहिलो खेल खेल्दैछ । श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले युएईको सामना गर्नेछ । खेल दिउँसो सवा २ बजे शुरु हुने तालिका छ । नेपालले ८ वर्षपछि एसिया कप महिला टी–२० खेल्न लागेको हो ।

जुलाई २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । ८ टीमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’मा थाइल्यान्ड, मलेसिया, श्रीलङ्का र बङ्गलादेश छन् ।

एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका दुई संस्करण खेलिसकेको नेपाल अहिलेसम्म जितविहीन छ । सन् २०१२ र २०१६ मा भएको एसिया कपमा नेपालले सहभागिता जनाएको थियो ।

सन् २०१२ मा चीनमा भएको एसिया कपमा नेपाल श्रीलंका, बङ्गलादेश र आयोजक चीनसँग पराजित भएको थियो । सन् २०१६ मा पनि नेपालले जित निकाल्न सकेन । थाइल्याण्डमा भएको प्रतियोगितामा नेपाल ५ वटै खेलमा पराजित हुँदै घर फर्किनुपरेको थियो ।

सन् २०१६ मा नेपाल पाकिस्तानसँग ४७ र भारतसँग २१ रनमा अलआउट भएको थियो । तेस्रो पटक सहभागी हुन लागेको नेपालका ३ खेलाडीसँग एसिया कप खेलेको अनुभव छ । कप्तान इन्दु वर्मा, पूर्व कप्तान रुविना क्षेत्री र सीता राना मगरले यसअघिका दुई संस्करणको एसिया कप खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर