मधेशमा काँग्रेसका चार र लोसपाका एक नवनियुक्त मन्त्रीले लिए शपथ

मधेश प्रदेशमा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

काँग्रेसको तर्फबाट नवनियुक्त अर्थमन्त्री सुनिल कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय तथा लोसपाको तर्फबाट शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त रानी शर्मा तिवारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

मधेश भवनमा आयोजित एक समारोहबीच उनीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथग्रहण गराइन् ।

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह जनमत पार्टीका हुन् । उनले अर्थ मन्त्रालय आफै राख्ने अडान लिएपछि काँग्रेस सरकारमा सहभागी भएको थिएन् । केन्द्रले काँग्रेसलाई अर्थ मन्त्रालय दिने निर्णय गरेसँगै काँग्रेस र लोसपा सरकारमा सहभागी भएका छन् ।

लोसपाले दुई मन्त्रालय मागेको थियो तर एउटै मन्त्रालयमा चित्त बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर