दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् ।

बिहीबार ६२ औं इन्जिनियर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए । दुई दलबीतको सहमतिअनुसार बाँकी कार्यकाल कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने उनले बताए ।

उनले भने, ‘अघिल्लो दुई वर्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ ।’

उनले कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको पनि बताए । उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिलेर सरकार बनाएको बताए ।

मन्त्री दाहालले सरकारलाई असफल हुने छुट नभएको पनि बताए ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर