रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू छन् : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू भएको बताएका छन् ।

बिहीबार ६२ औं इन्जिनियर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताए ।

मन्त्री खड्काले भने, ‘हामीसँग रोजगार सिर्जना गर्नलाई प्रशस्त ठाउँहरू छन् । हामी त्यतापट्टि कार्य गर्न उन्मुख छौं । अहिलेको सरकार यस कार्यमा दत्तचित्त छ ।’

उनले १० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्न लागिएको भन्दै केही दिनपछि बंगलादेशसँग ४० मेगावाट विद्युत खरिद-बिक्रीको सम्झौता हुने बताए ।

मन्त्री खड्काले इन्जिनियरहरू कुनै पनि प्रोजेक्टमा छोटो समय काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरू अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरूको ध्यानाकर्षण गराए । उनले इन्जिनियरहरूलाई द्विपक्षीय अथवा त्रिपक्षीयय सम्झौता गरेर काम गर्न सुझाव दिए ।

मन्त्री खड्काले देश निर्माणमा इन्जिनियरहरूले मौरीको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर