अहिलेको चुनौती निराशा चिर्ने र आशा जगाउने हो : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौति निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको कुराकानीमा उनले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए । उनले अहिलेको आफ्नो चुनौती निराशा चिर्ने र आशा जगाउने रहेको बताए ।

उनले निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबै कुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताए । उनले अहिलेका चुनौती सामना गर्न आफू लागिपरेको पनि बताए ।

‘अहिलेको मुख्य समस्या भनेकै जबसम्म हामीले विश्वास जागृत गर्दैनौं, त्यो आत्मविश्वास दिँदैनौं, देश कतै पनि अघि बढ्नै सक्दैन । मैले अहिले के कुरामा बढी जोड दिन चाहिरहेको छु भने अहिलेको समस्या भनेको निराशा चिर्ने, आशा जगाउने हो,’ अर्थमन्त्री पौडेलले भने,‘ के गर्दा हुन्छ ? तेल हाल्दा हुन्छ कि, घ्यू हाल्दा, दियो बाल्दा, मैनबत्ती बाल्दा हुन्छ कि, टर्चलाइट बाल्दा हुन्छ, निराशा चिरेर आशा जगाउनुपर्छ । निजी क्षेत्रको मनोबल टुट्यो भनेदेखि के हुन्छ ? सबै कुरा टुट्छ ।’

हेर्नुहाेस् भिडियाे

अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन तत्काल खारेज गर्नुपर्ने बताए । उनले यी दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने उनले बताए ।

उनले वर्किङ क्यापिटल गाइडलाइनले उद्योग, निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापारलाई असर गरिरहेको बताए । उनले भारतमा लागू भएर असफल भएको नीति नेपालमा लागू गर्दा सफल नहुने बताए ।

अध्यक्ष अग्रवालले राष्ट्र बैंकको बेसरेटलाई खारेज गरेर एमसीएलआर वा ईभीएलआरमा जानुपर्ने बताए । उनले स्वतन्त्र मौद्रिक नीति कमिटी बनाउन पनि माग गरे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर